प्रधानमन्त्री राहत कोषमा नेपाल नेत्रज्योति संघ, डा. विनोद निता कण्डेल आँखा अस्पतालको रु. १ लाख १ हजार सहयोग

परासी । नेपाल नेत्रज्योति संघ, नवलपरासी शाखाका सभापति श्री देवेन्द्र राज कण्डेलले गर्नुभएको घोषणा अनुसार डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि रु. १ लाख १ हजार सहयोग गरेको छ।

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल नेत्रज्योति संघको आह्वानअनुसार अस्पतालको तर्फबाट रु. १,०१,०००/- (एक लाख एक हजार रुपैयाँ) सहयोग गरिएको हो।

सभापतिले सहयोग गर्ने घोषणा गर्नुभएअनुसार उक्त रकम अस्पतालको कोषबाट नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा पठाइसकिएको छ। केन्द्रीय कार्यालयमार्फत उक्त रकम एकद्वार प्रणालीबाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।

विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्पताल परिवारको तर्फबाट उक्त सहयोग गरिएको हो।

नेपाल नेत्रज्योति संघ, नवलपरासी शाखाका सभापति श्री देवेन्द्र राज कण्डेलले विपद्का समयमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै