जापान भूकम्प -ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो
पुस १७ । जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुको निरन्तर उद्धारको काम भइरहेको जानकारी दिनुभएको छ ।
यो भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् ।
त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।






प्रतिकृया दिनुहोस