आजदेखि लाइसेन्स अनलाइन सेवा: कुन प्रदेशका लागि कहाँ क्लिक गर्ने ? समस्या परे यसरी गर्नुहोस् गुनासो

यातायात व्यवस्था विभागले आज शुक्रबार (१ साउन) देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ । अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वतः भर्न (अटोफिल) सक्नेछन् । यससँगै लाइसेन्स आवेदन, नवीकरण र राजस्व भुक्तानीका लागि कार्यालय धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

 

यद्यपि अनलाइन सेवाका लागि विभागले प्रदेशअनुसार फरकफरक वेब पोर्टलहरू निर्धारण गरेको छ । सम्बन्धित प्रदेशका सेवाग्राहीले सोही अनुसार लिङ्क क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

 

प्रदेशअनुसार आवेदन दिने पोर्टलहरू:

कोशी प्रदेश: edlvrs.koshi.gov.np

मधेस प्रदेश: edlvrs.madhesh.gov.np

बागमती प्रदेश: edlvrs.bagamati.gov.np

गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np

लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np

कर्णाली प्रदेश: edlvrs.karnali.gov.np

सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np

 

गुनासो सम्बोधन गर्ने निकाय:

सेवा प्रवाहका क्रममा आउने प्राविधिक समस्या वा गुनासो सम्बोधनका लागि केन्द्रमा विभागको ईमेल gunaso@dotm.gov.np र सम्पर्क व्यक्ति युकेश चौधरी (९८४८९०६५२८), रेणु आचार्य (९८६१५४९८६८) तथा कार्यालयको टेलिफोन ४५७४९२१ र ४५७४९२२ तोकिएको छ ।

 

प्रदेशअनुसार गुनासो सम्बोधन गर्ने निकाय:

कोशी प्रदेश: mopid@koshi.gov.np, मोबाइल नं. ९८४४०१८२५५

मधेश प्रदेश: info.molt@madhesh.gov.np, मोबाइल नं. ९८१९७७२१९९ 

बागमती प्रदेश: license.hetaudayatayat@bagamati.gov.np, ०५७-५२६१५८ 

गण्डकी प्रदेश: tmodl.kaski@gmail.com, मोबाइल नं. ९८४४०१८२५५ 

लुम्बिनी प्रदेश: tno.lumbinilicense@gmail.com, मोबाइल नं. ९८५७०४७७५८ 

कर्णाली प्रदेश: mopidskt@gmail.com, मोबाइल नं. ९८४३५०९७११ 

सुदूरपश्चिम प्रदेश: info@mopit.gov.np, मोबाइल नं. ९८५८४८०२१२

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै