सुनवलमा नगरस्तरीय क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई एक लाख ११ हजार पुरस्कार
नवलपरासीको सुनवलमा प्रथम नगरस्तरीय क्रिकेट युवा प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
सुनवल नगरपालिका वडा न ४ को आयोजनामा र नगरस्तरीय क्रिकेट युवा प्रतियोगिता उपभोक्ता समिति ,सुनवल नवलपरासीको सह आयोजनामा हुन नलागेको प्रतियोगिता आगामी कार्तिक १० गतेदेखि सुरु भई कार्तिक २१ गते फाइनल खेलसँगै सम्पन्न हुनेछ। प्रतियोगिता सुनवल नगरपालिका–४ स्थित मच्छरमारा मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुने टोलीले ७१ हजार एक सय ११ रुपैयाँ र तेस्रो हुने टोलीले ३१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने, युवाहरूमा खेलप्रतिको रुचि र उत्साह बढाउने तथा क्रिकेटमार्फत सुनवलको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजक सुनवल नगरपालिकाले प्रतियोगितामा सहभागी भई खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण खेलप्रेमी, युवावर्ग तथा नगरवासीलाई आग्रह गरेको छ।






प्रतिकृया दिनुहोस