सुनवलमा नगरस्तरीय क्रिकेट प्रतियोगिता हुँदै
नवलपरासीको सुनवलमा प्रथम नगरस्तरीय क्रिकेट युवा प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। कार्तिक १० देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले सुनवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
सुनवल नगरपालिका–४ को आयोजनामा तथा नगरस्तरीय क्रिकेट युवा प्रतियोगिता उपभोक्ता समितिको सह–आयोजनामा हुने प्रतियोगिता सुनवल–४ स्थित मच्छरमारा मैदानमा सञ्चालन हुनेछ।
आयोजना उपभोक्ता समितिका अध्यक्ष आलोक श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ७१ हजार १११ रुपैयाँ र तेस्रो हुने टोलीले ३१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन।
स्थानीय क्रिकेट प्रतिभाको पहिचान, युवा खेलाडीलाई प्रोत्साहन र खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सुनवल नगरपालिका–४ का वडाध्यक्ष एवं प्रतियोगिता संयोजक बालकृष्ण पंगेनीले बताउनुभयो ।






प्रतिकृया दिनुहोस