अखिल नेपाल फुटबल संघले नवलपरासीका जित बहादुर पुनलाई यू–२० टोलीको सहायक प्रशिक्षकमा नियुक्त गर्दै जिम्मेवारी सुम्पियो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुनलाई नियुक्त गरेको छ।


एफाले सहायक प्रशिक्षकमा पुन सहित मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई र अर्का सहायक प्रशिक्षक मंगल महर्जन र गंगाराम देउजा गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ ।

नियुक्तिपत्र औपचारिक रूपमा एन्फा महासचिव किरण राईले हस्तान्तरण गरेका छन।

नेपाली यू-२० तिम्ले मार्च २२ देखि अप्रिल ३, २०२६ सम्म माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप २०२६ मा भाग लिनेछ ।

जित बहादुर पुन एन्फा नवलपरासीका जिल्ला फुटबल टिममा प्रशिक्षक हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै