जिल्ला स्तरीय प्याब्सन फुटसलमा सुनवल प्याब्सन विजय
रेडियो सुनवल,फाल्गुन २४
पश्चिम नवलपरासीको सुनवलमा आज बुधवार भएको मैत्रीपुणर् सिक्स “ए“ साइड जिल्ला स्तरीय प्याब्सन फुटसल प्रतियोगितामा सुनवल प्याब्सन विजय भएको छ । बर्दघाट प्याब्सनलाई ०-७ गोलअन्तरले पराजित गर्दै सुनवल प्याब्सन विजय भएको हो ।
सुनवल प्याब्सनको आयोजनामा सिद्दार्थ शिशु सदनको खेलमैदानमा भएको उक्त प्रतियोगितामा सुनवल, रामग्राम र बर्दघाट नगरपालिकाका प्याब्सनको सहभागीता रहेको थियो ।
प्रतियोगितामा म्यान अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्ट पदम चन्द ठकुरी, हाईज स्कोर नेत्र रिजाल, बेस्ट स्ट्राईकर सन्तोष अधिकारी, बेस्ट डिफेन्डर सुवणर्राज उपाध्याय, बेस्ट किप्पर कृष्ण प्रसाद शर्मा र फेयर प्लेयर चोलाकान्त रेग्मी हुनुभएको छ ।
सुनवल प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले नगरको शैक्षिक बिकासका लागि सामुदायिक र निजि विधालयलाई समेटेर लैजाने बताउनुभयो । उहाले समतामूलक नगरको बिकास गर्ने र शिक्षा क्षेत्रमा कुनै पनि कन्जुस्याइँ नगरि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरि जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष एवं सुनवल उधोग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले खेलकुद प्रतियोगितामा सबै क्षेत्रलाई समेटेर लैजाने बताउनुभयो । उहाले निजि क्षेत्रलाई स्थानीय सरकारले फरक दृष्टिकोणबाट हेरेकोमा दुःख व्यक्त गर्नुभयो । सिद्दार्थ शिशु सदनका शिक्षक पदम चन्द ठकुरीको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन सुनवल प्याब्सनका सचीव चोलाकान्त रेग्मीको रहेको थियो ।






प्रतिकृया दिनुहोस