विसासय स्थित क्रिकेट खेल मैदानको विकासका लागि तदर्थ समिति गठन
सुनवल । पश्चिम नवलपरासीको सुनवल ६ विसासयमा रहेको क्रिकेट खेल मैदानको विकासका लागि चुरे शिखर क्रिकेट विकास समिति गठन गरिएको छ । आज एक भेलाले वासुदेव पौडेलको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा सुशिल गुरुङ, सचिवमा उत्सव पौडेल, कोषाध्यक्षमा गोकुल प्रसाद ढकाल,सदस्यहरुमा टिकाराम न्यौपाने, जीवन वोहोरा, सिमा हमाल, सुदिप क्षेत्री र जनक पाण्डे रहनुभएको छ । सुनवल मात्रै नभई जिल्लामै गुणस्तरीय र सुविधासम्पन्न क्रिकेट खेलमैदानको अभाव रहेको थियो ।
सो कुरालाई मध्येनजर गर्दै खेलमैदानको वृहत्तर विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारसंग बजेट माग गरीने योजना रहेको सचिव पौडेलले जानकारी दिनुभयो ।






प्रतिकृया दिनुहोस