साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैँक सुनवलद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता कार्यक्रम
दिपक खनाल,१६ मंसिर ।
साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैँक लि. शाखा सुनवलले विद्यार्थिहरुका लागि आज एक दिने डिजिटल बैँकिङ्ग सम्बन्धि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवलमा अध्ययनरत व्यवस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको बैँकका सुनवल शाखा प्रवन्धक भवानी ढकालले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले आफ्नो कारोवार डिजिटल माध्यमबाट गर्न सकुन र आफ्नो समाजमा पनि नगद रहित कारोवारलाई प्रमोट गर्ने उदेश्यले तालिम संचालन गरिएको कार्यक्रमका प्रशिक्षक तथा बैँकका साना तथा मझौला विभाग प्रमुख दिपक अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा बैँकको परिचय, महत्व, बैकिङ्ग कारोवार, डिजिटल बैकिङ्ग प्रणालीका फाइदा, सेयर, लगानी डिम्याट खाता लगायत विविध समसमायिक डिजिटल बैँकिङ्ग वित्तिय साक्षरताका वारेमा जानकारी प्रदान गरिएको अर्का प्रशिक्षक तथा डिजिटल बैकिङ्गका अफिसर नारायण न्यौपानेले बताउनुभयो ।
बैँकका कर्मचारी ज्ञानु पाण्डेले संचालन गर्नुभएको सो कार्यक्रममा महाकवि देवकोटा माध्यमिक विद्यालयका ४५० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।






प्रतिकृया दिनुहोस