आजबाट सकियो दोस्रो सुनवल औधोगिक व्यापार मेला
सुनवल,माघ २४
पश्चिम नवलपरासीको सुनवलमा सञ्चालन भएको दोस्रो सुनवल औधोगिक व्यापार मेला आज देखी सकिएको छ । ’कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार’ भन्ने मुल नाराका साथ गत माघ १० गते देखी सुरु भएको औधोगिक व्यापार मेला आज समापन गरिएको हो । सुनवल उघोग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि अर्यालले औधोगिक विकास विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै त्यसका लागि राज्यले औधोगिक बाताबरणको सिर्जना गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासको लागि पहल गर्दै आएको उहाको भनाई थियो । निरन्तर मेला महोत्सवको आयोजना गर्दा विगतका मेलाबाट प्राप्त उपलब्धी बारे समिक्षा हुनुपर्नेमा नगर प्रमुख अर्यालले जोड दिनुभयो । उहाले मेला महोत्सवको आयोजना गर्दा स्थानिय व्यापारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा उघोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचायले कृषिजन्य उत्पादनहरुको वजार विस्तार र शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको प्रवर्द्धन एवं सूचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुयाउदै नगर वासीको जिवन स्तर उठाउन प्रयत्नशील रहने , बैंक तथा वित्तिय संस्थाका कारण प्रभावित भएका उद्योगी व्यावसायीहरुको आर्थिक गतिविधिहरू सामान्य रूपमा चलायमान भएको अवस्थामा बजारमा देखा परेको तरलताको समस्या तथा बढ्दो बैक ब्याजदरको कारण निजी क्षेत्रका उद्योगी/ व्यावसायीहरु सहित आम सर्व साधारण चरम मारमा पारेको , बजारमा तरलताको स्थिति सुधार गर्न तथा बैंक तथा वित्तिय संस्थाको कारण समस्यामा परेका उद्योगी व्यवसायी एवं सर्वसाधारणलाई राहत दिई आर्थिक गतिबिधि चलायमान गराई राख्न यथा सिघ्र प्रभावकारी पहलको लागि सुनवल नगरपालिकाका नगरप्रमुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै नगर स्तरका प्रमुख कृषि उत्पदनहरुलाई व्यवसायीकरण गर्दै उत्पादकत्वमा वृद्धि गराउन भूमि चक्लावन्दी, कृषि सडक, बृहत सिचाइ योजना, उन्नत विउ विजन एवं मलखाद, निर्माणधिन शितभण्डार संचालन व्यवस्थापनका साथै नगरमा प्रस्सत उत्पादन हुने गरेका कृषिमा प्राथमिकता दिनुपर्ने मा जोड दिनुभएको थियो ।
सुनवल नगरमा रहेका अति महत्वपूणर् धार्मिक तथा पर्यटकीय स्थललाई विकास गरी प्रचार प्रसार गर्ने हो भने विश्व भरीका पाहुनाहरुलाई लुम्बिनीको साथै नवलपरासी क्षेत्रहरुमा समेत आकर्षण गराउन लागि सुनवल नगरपालिकाका नगरप्रमुख को ध्यानाकर्षण गराउनुभएको थियो ।
करिब दुई सय स्टल रहेको उक्त मेलामा करिब १ लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड को कारोबार हुने अपेक्षा गरिएको थियो । मेलामा स्टल राख्न सुनवल उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
मेलाको अन्तिम दिन आज सांस्कृतिक कार्यक्रमा राष्ट्रिय कलाकारहरु चर्चित गायक पुस्कल शर्मा, बसन्त लम्साल , समिक्षा बिसी , तीर्थ सापकोटा लगाएतको प्रस्तुतिका साथमा मेला सप्पन्न भएको उद्योग वाणिज्य सँघ सुनवलका सदस्य एवं मेलाको सांस्कृतिक समिति संयोजक रमेश पराजुलीले जानकारी दिनुभयो ।
मेला समापन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य प्रसाद दुवे , उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी , उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो।
मेला समपान कार्यक्रममा मेला लाई भव्य रुपले सफल पार्न सहयोग गर्ने स्थानिय निकाय , उद्मोगी व्यवसाय , संघ सस्था , समुह संचारकर्मी लगाएत लाई सम्मान गरिएको थियो । मेलामा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी रहेको थियो । संघका सचिव तेजु प्रसाद भण्डारीको संचालनमा भएको मेला समापन कार्यक्रममा संघका सचिव इश्वरी भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो ।






प्रतिकृया दिनुहोस