नायिका स्वेता खड्काले गरिन् क्यान्सर अस्पताल शिलान्यास

नायिका स्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेसनल क्यान्सर अस्पतालको शिलान्यास गरेकी छन् ।

नेसनल क्यान्सर अस्पतालको शिलान्यास गर्न पाउँदा एउटा बेग्लै खुसी र आनन्दको महसुस भएको उनले बताएकी छन् ।

क्यान्सरका कारण आफ्ना अतिआत्मीय २ जना सदस्य गुमाएको बताउँदै भनिन्, ‘मेरो जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र मेरा आत्मीय भिनाजुको मृत्युको कारण बनेको क्यान्सर रोगविरुद्ध मानसिक युद्ध लडिरहेकी छु ।’

क्यान्सरपीडितहरूप्रति आफ्नो भिन्नै स्नेह, सद्भाव र साहनुभूति रहेको उनले बताइन् । ‘मैले एकदमै नजिकबाट क्यान्सरपीडितहरूको छट्पटी र पीडालाई नियालेकी छु । मलाई थाहा छ, यो रोगबाट आफ्ना आत्मीय व्यक्तिहरू गुमाउनुपर्दाको पीडा’, उनले भनिन् ।

 

आफूले विगत ५ वर्षदेखी एउटा क्यान्सर अस्पताल खडा गर्ने धोको साँचिरहेको उनको भनाइ थियो । ‘आज त्यो धोको नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले पूरा गरिदिएको छ’, उनले भनिन् ।

यसअघि नायिका खड्काले श्रीकृष्ण श्रेष्ठको सम्झनामा सिन्धुपाल्चोकमा एकीकृत नमुना वस्ती निर्माण गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै