सुनवल–१ र ४ मा रहेको महलपोखरी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुनवल–१ र ४ मा रहेको महलपोखरी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सुनवल नगरपालिका–१ बनाहास्थित नेवा गुठीको सभाहलमा आयोजित साधारण सभा उपभोक्ता समूहका अध्यक्ष छन्नप्रसाद श्रेष्ठको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका कार्यालय प्रमुख धनेश्वर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सुनवल नगरपालिका–१ का वडा अध्यक्ष मनबहादुर थापा मगर, सब–डिभिजन वन कार्यालय सुनवलका प्रमुख मणिराम खनाल, वन अधिकृत अनिल बुढाथोकी, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, विश्वासय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगाराम घिमिरे, निवर्तमान वडा अध्यक्ष बिनप्रसाद बुधाथोकी, सदस्यहरू बालकुमारी परियार, युद्धजंग जिसी, बलराम बस्याललगायतको आतिथ्यता रहेको थियो।

सभामा संस्थाको कार्यप्रगति प्रतिवेदन अध्यक्ष छन्नप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो। यस्तै, आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशकुमारी जिसीले प्रस्तुत गर्नुभएको थियो।

आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल आम्दानी ४२ लाख ५१ हजार ७ सय ९२ रुपैयाँ रहेको छ। सोही अवधिमा ३१ लाख २५ हजार ४ सय ९२ रुपैयाँ खर्च भएको र ११ लाख २६ हजार ३ सय रुपैयाँ बचत रहेको जनाइएको छ।

त्यस्तै, लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक हिमलाल पराजुलीले प्रस्तुत गर्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि धनेश्वर न्यौपानेले २०४९ सालदेखि सामुदायिक वनसम्बन्धी छुट्टै कानुन तथा नियमावलीमार्फत सामुदायिक वनलाई वन व्यवस्थापन, संरक्षण र संवर्द्धन गर्ने अधिकार प्रदान गरिएको बताउनुभयो। उहाँले वनको विधान र नियमअनुसार काम गर्दै वन संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै वनको दिगोपनामा जोड दिनुभयो।

कार्यक्रममा वडा अध्यक्ष मनबहादुर थापा मगर, सब–डिभिजन वन कार्यालय राम्मापुरका प्रमुख मणिराम खनाल, खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, विश्वासय वन उपभोक्ता समूहका अध्यक्ष गंगाराम घिमिरे, सुनवल लघुउद्यम सहकारी संस्थाका कार्यवाहक अध्यक्ष देवबहादुर क्षेत्री, प्रगतिटोल विकास संस्थाका अध्यक्ष बलराम बस्याल, बनाहा टोल विकास संस्थाका सचिव सन्देश बस्याल तथा रामकुमारी विकलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

यसैबीच, कार्यक्रममा बनाहा निवासी क्यान्सरपीडित खेमबहादुर सार्कीलाई ५ हजार रुपैयाँ सहयोग गरिएको वडा अध्यक्ष मनबहादुर थापा मगरले जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामदेव राईले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बालकुमारी बस्यालले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै