मनीप्लान्ट बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न । अध्यक्षमा किशोर कुमार कर्माचार्य सर्वसहमत  

मनीप्लान्ट बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ।

साधारण सभा संस्थाका सञ्चालक समिति अध्यक्ष बलबहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बलबहादुर थापाले वि.सं. २०६९ सालमा ५६ जना व्यक्तिको सहभागिता र ५६ हजार रुपैयाँ शेयर पुँजीबाट स्थापना भएको संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै शेयर सदस्य केन्द्रित सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले पारदर्शिता, सुशासन, जवाफदेहिता र वित्तीय अनुशासनलाई संस्थाको प्रमुख आधार बनाइएको जानकारी दिनुभयो।

आगामी आर्थिक वर्षमा शेयर सदस्य तथा शेयर पुँजी वृद्धि गर्ने, नियमित तथा दीर्घकालीन बचत योजनालाई प्रभावकारी बनाउने, उत्पादनशील क्षेत्रमा सुरक्षित ऋण लगानी बढाउने तथा ऋण असुली प्रणालीलाई प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो। साथै वित्तीय तथा सहकारी शिक्षा, प्रविधिमैत्री सेवा विस्तार र शेयर सदस्यका सुझाव तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिने उहाँको भनाइ छ।

सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सचिव किशोरकुमार कर्मचारीले आर्थिक वर्ष २०८२/८३ मा संस्थामा १ सय ५ जना शेयर सदस्य थपिएको जानकारी दिनुभयो। संस्थाले लेखा सुपरिवेक्षण क्षमता अभिवृद्धि तथा संस्थागत नेतृत्व विकाससम्बन्धी तालिम आयोजना गरेको पनि उहाँले बताउनुभयो।

संस्थाले शेयर सदस्यका छोराछोरीमध्ये साधारण सभाबाट सम्मानित विद्यार्थीलाई १०/१० कित्ता तथा अन्य विद्यार्थीलाई ५/५ कित्ता शेयर बराबरको शेयर पुँजी उपलब्ध गराउँदै आएको जनाएको छ। हाल पाँच जना विद्यार्थीलाई शेयर सदस्यता वितरण गरिएको छ।

त्यस्तै, पाठेघरको मुखको क्यान्सर तथा आँखा जाँच शिविरलाई प्राथमिकतामा राखिएको र सुत्केरी पोषण खर्चबापत प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले ६ जनालाई सहयोग गरिएको सचिव कर्मचारीले जानकारी दिनुभयो।

कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष उमाकुमारी गुरुङले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म संस्थाको शेयर पुँजी ५७ लाख ३४ हजार ५ सय रुपैयाँ पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार सो अवधिसम्म मासिक बचततर्फ ४ करोड ८ लाख ९९ हजार २ सय रुपैयाँ सङ्कलन भएको छ।

संस्थाले उक्त आर्थिक वर्षमा १३ करोड ८० लाख ७६ हजार ६ सय १२ रुपैयाँ कुल कारोबार गरेको तथा २३ हजार ५ सय ८८ रुपैयाँ शुद्ध नाफा गरेको जनाएको छ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक ऋषिराम भुसालले संस्थाको बैंक मौज्दात ९४ लाख ३० हजार २ सय ३८ रुपैयाँ रहेको जानकारी दिनुभयो।

साथै अधिवेशनबाट अध्यक्ष पदमा किशोर कुमार कर्माचार्य सर्वसहमत चयन हुनुभएको छ। यस्तै उपाध्यक्षमा इन्द्रप्रसाद सुवेदी, सचिवमा ऋषिराम भुसाल, कोषाध्यक्षमा उमाकुमारी गुरुङ सर्वसहमत चयन हुनुभएको छ। यस्तै सदस्य पदहरूमा सृजना श्रेष्ठ केसी, रामबहादुर कुँवर, कुलप्रसाद भट्टराई, डिला क्षेत्री, र जुनी मल्ल ठकुरी सर्वसम्मत चयन हुनुभएको छ। यस्तैगरी लेखा समितिको संयोजकमा टिकाकुमारी मल्ल, सदस्य पदहरूमा धनबहादुर गुरुङ र निशा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।

संस्थाका सचिव किशोर कुमार कर्मचारीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पंगेनी, संस्थाका निवर्तमान अध्यक्ष पदम बहादुर क्षेत्री, शेयर सदस्यको तर्फबाट कुलप्रसाद भट्टराई र कुमार केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै