प्रथम सुनवल नगरस्तरीय क्रिकेट प्रतियोगिता आजको दोस्रो खेल : वडा नं. ६ विजयी



कार्तिक १६। प्रथम सुनवल नगरस्तरीय क्रिकेट प्रतियोगिता–२०८३ को आजको पहिलो खेलमा वडा नं. ६ले वडा नं. ४ रातो लाई ८ विकेटले पराजित गरेको छ।


टस हारेर पहिले ब्याटिङ गरेको वडा नं. ४ रातोले १३.३ ओभरमा दिएको ४२ रनको लक्ष्य वडा नं. ६ ले २ विकेटको क्षतिमा १०.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।


खेलमा रन र विकेट लिएका बनाएका वडा नं. ६ का विपिन क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन्।


प्रतियोगिताका प्रत्येक खेलमा प्रदान गरिने म्यान अफ द म्याच पुरस्कारको प्रायोजन सिर्जना सप्लायर्सले गरेको आयोजकले जानकारी दिएको छ।


प्रतियोगिताअन्तर्गत भोलि बिहान ९ बजे देखि वडा नं. ११ र वडा नं. १२ बीच प्रतिस्पर्धा हुनेछ भने ३ बजे देखि वडा नं १३ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑