सुनवलमा हाइसको ठक्करबाट ६८ वर्षीया महिलाको मृत्यु
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ मा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनवल नगरपालिका–४, लक्ष्मीपथ निवासी ६८ वर्षीया दिलमाया दर्जी रहेकी छन्।
प्राप्त विवरणअनुसार मंगलबार बेलुका करिब ८:४० बजे सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५०९७ नम्बरको हाइसले उनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।
घटनापछि प्रहरीले हाइस र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिकृया दिनुहोस