एडुव्रिज एलायन्सले आज मौलिक देउसी भैलो कार्यक्रम सम्पन्न
एडुव्रिज एलायन्सले आज मौलिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । एलाइन्समा आवद्ध विद्यालयहरु विच भएको देउसी भैलो कायक्रम एलायन्सका अध्यक्ष कृष्ण शर्माको अध्यक्षता तथा पुर्व केन्द्रीय सविच सुर्वण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्यावसन नवलपरासीका अध्यक्ष डम्मर वहादुर गुरुङ, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सर्वण न्यौपानेले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र जर्गेना मा एडुव्रिज एलायन्सले सरहानिय कार्य गरेको वताउनुभयो ।
साथै यस्ता कार्यक्रमहरुलार्य आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विशेष अतिथि डम्मर वहादुर गुरुङले युवा पुस्तामा लोप हुदै गइरहेको सस्कृतिलाई जर्गेना गर्न विद्यालयहरुलाई सहभागि गराई एडुव्रिजले महत्वपुर्ण कार्य गरेको बताउनुभयो । यस्तै कार्यक्रमा अध्यक्ष कृष्ण शर्माले विद्यार्थीको सवाङिगण विकासका लागी एडुव्रिज सधै तल्लीन रहेको वताउनुभयो ।
कार्यक्रममा ९ विद्यालय सहभागी रहेकोमा उत्कृष्ट अभिनयामा द पाइनियर मा.वि , सामाजिक सन्देशमा ज्ञानकुञ्ज मा.वि , गायन शैलीमा अन्नपुर्ण मा.वि , वाध्यवादन प्रस्तुतीमा ज्ञानज्योति मा.वि, शैक्षिक सन्देशमा विद्यासागर मा.वि, पोशाक तथा कलाकारमा साकुरा मा.वि , संस्कृतिक नृत्यमा सिस्किन मा.वि र सरल र सहज प्रस्तुतीमा फ्युचर लाईट मा.वि उत्कृट भएका छन् । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक भेष न्यौपानेको रहेको भने संचालन एडुव्रिजका सचिव नेत्र रिजालले गर्नुभएको थियो ।






प्रतिकृया दिनुहोस