छैठौँ सुनवल महोत्सव सफल बनाउन वडा नम्बर ७ र ८ मा भेला सम्पन्न

कार्तिक १६ । छैठौँ सुनवल महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन उद्योग वाणिज्य सङ्घ सुनवलले वडा तहमा छलफल तथा समन्वयलाई निरन्तरता दिएको छ।

यसैक्रममा आज सुनवल नगरपालिका वडा नम्बर ७ र ८ मा वडा भेला सम्पन्न भएका छन्। वडा नम्बर ७ मा वडाध्यक्ष नारायण आचार्य तथा वडा नम्बर ८ मा वडाध्यक्ष देउबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।

दुवै भेलामा वडा सदस्य, जनप्रतिनिधि तथा सम्बन्धित वडाका स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले छैठौँ सुनवल महोत्सवलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेलामा उद्योग वाणिज्य सङ्घ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, महासचिव तेजप्रसाद (तेजु) भण्डारी, तुलसीराम तिवारी तथा सदस्यहरू हरिप्रसाद न्यौपाने र जीवन पौडेललगायतको सहभागिता रहेको थियो।

आगामी मङ्सिर ३ देखि १५ गतेसम्म सोमनाथ स्थित हाट बजार परिसरमा सञ्चालन हुने छैठौँ सुनवल महोत्सवलाई सबै वडा र नगरवासीको साझा उत्सवका रूपमा सफल बनाउने उद्देश्यले सङ्घले वडा तहमा समन्वय र सहकार्यलाई अघि बढाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑