छैटौँ सुनवल महोत्सव सफल बनाउन उद्योग वाणिज्य सङ्घद्धारा छलफललाई तिव्रता ÷ विभन्न वडाहरुमा छलफल
छैटौँ सुनवल महोत्सव–२०८३ लाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले उद्योग वाणिज्य सङ्घ सुनवलले छलफल तथा समन्वयलाई तीव्रता दिएको छ।
यसैक्रममा आज सुनवल नगरपालिका वडा नं. ३, ९ र १२ मा छलफल तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ३ मा उद्योग वाणिज्य सङ्घका सदस्य लोकबहादुर थापाको अध्यक्षता तथा वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा छलफल गरिएको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सङ्घका तर्फबाट महासचिव तेजप्रसाद भण्डारी, उपाध्यक्ष ईश्वरी भण्डारी, सदस्य मुना पाण्डे पुरी र देवेन्द्र विकलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै वडा अध्यक्ष वीरबल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, सचिव तुल्सीराम तिवारी, कोषाध्यक्ष मुरली गौतमलगायतको उपस्थिति रहेको थियो।
छलफलका क्रममा महोत्सवलाई सफल बनाउन आवश्यक तयारी, व्यवस्थापन, सहकार्य तथा समन्वयका विषयमा विचारविमर्श गरिएको थियो।
सहभागीहरूले महोत्सव सुनवलको साझा उत्सव भएकाले यसको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग, सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उद्योग वाणिज्य सङ्घले महोत्सवलाई स्थानीय व्यापार, पर्यटन, कला, संस्कृति तथा आर्थिक गतिविधिको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउँदै विभिन्न वडा तथा सरोकारवालासँग समन्वय गरिरहेको छ।
त्यस्तै, वडा नं. १२ मा सङ्घका उपाध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षता तथा वडा अध्यक्ष दीपक पौडेलको प्रमुख आतिथ्यतामा छलफल तथा समन्वय कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल, महासचिव तेजप्रसाद भण्डारी, सदस्य दलबहादुर रेग्मीलगायतको सहभागिता रहेको थियो।
दुवै वडामा आयोजित छलफलमा महोत्सवको तयारी, व्यवस्थापन र सफल सञ्चालनका लागि आवश्यक सहकार्य तथा समन्वयका विषयमा विचारविमर्श गरिएको थियो। सहभागीहरूले छैटौँ सुनवल महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग, सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
महोत्सवलाई स्थानीय व्यापार, पर्यटन, कला, संस्कृति तथा आर्थिक गतिविधिको प्रवद्र्धनसँग जोड्दै उद्योग वाणिज्य सङ्घले वडा तहमा समन्वय र सहकार्यलाई निरन्तरता दिइरहेको छ।






प्रतिकृया दिनुहोस